बंगलादेशविरुद्ध आक्रामक बन्दै नेपाली ब्याट्सम्यान, सरार्फको अर्धशतक
कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
बंगलादेशले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएपछि नेपाल यू–१९ टोली अहिले ब्याटिङ गरिरहेको छ। सुरुमा सुस्त ब्याटिङ गरिरहेका नेपाली युवा टोलीले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ गर्दै बंगलादेशविरुद्ध राम्रो स्कोर बनाउने संकेत देखाएका छन् ।
बंगलादेशविरुद्ध ओपनर रित गौतमले अर्धशतक बनाएका छन् । ३५ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा नेपालले १५० रन जोडेको छ । ओपनर रित गौतम ५३ बलमा ३३ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका आसिफ शेख १३ बलमा ३ रन मात्रै बनाउन सके । चौथो नम्बरमा क्रिजमा आएका कुशल मल्ल ३ छक्का र १ चौकासहित ३२ बलमा २८ रन बनाएर आउट भए
अहिले ओपनर पवन सर्राफ र कप्तान रोहितकुमार पौडेल ब्याटिङ गरिरहेका छन् । सर्राफ ६८ र पौडेल ११ रन बनाएर खेलिरहेका छन्
पहिलो खेलमा श्रीलंकासँग ५ किवेटले पराजित भएको नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशलाई जित्नै पर्ने दबाब छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन्। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ। राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो।