धादिङमा बस र ट्रक ठोक्किए : १८ जना घाइते
![धादिङमा बस र ट्रक ठोक्किए : १८ जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/dhading--accident-photo_20190908062641_9S5V3IEb3B.jpg)
धुनीवेशी (धादिङ) : धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा बस र ट्रक जुध्दा १८ जना यात्रु घाइते भएका छन्। काठमाडौबाट महादेववेशीतर्फ ग्यास लैजाँदै गरेको ना १ क २१७४ नम्बर को ट्रक र मुग्लिनबाट काठमाडौतर्फ जाँदै गरेको ना ६ ख १७३७ नम्बर को मकालु बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
बस र ट्रकमा सवारमध्ये १८ जना घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सबै घाइतेको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यल खानिखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्का जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)