बंगलादेशविरुद्ध नेपालको २०० रन पूरा

बंगलादेशविरुद्ध नेपालको २०० रन पूरा

कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।  बंगलादेशले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएपछि नेपाल यू–१९ टोली अहिले ब्याटिङ गरिरहेको छ।

सुरुमा सुस्त ब्याटिङ गरिरहेका नेपाली युवा टोलीले सम्मालिएर ब्याटिङ गर्दै बंगलादेशविरुद्ध २०० रन पूरा गरेको छ ।  ४६ ओभरमा नेपालको स्कोर रन २१५ पुगेको छ ।  ५ विकेट गुमेको छ।

बंगलादेशविरुद्ध ओपनर पवन सर्राफले अर्धशतक बनाए । १११ बलमा ८ चौका र १ छक्कासहित ८१ रन बनाएर पवन आउट भए । 

ओपनर रित गौतम ५३ बलमा ३३ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका आसिफ शेख १३ बलमा ३ रन मात्रै बनाउन सके । चौथो नम्बरमा क्रिजमा आएका कुशल मल्ल ३ छक्का र १ चौकासहित ३२ बलमा २८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल १४ रन बनाएर आउट भए।

 अहिले भीम सार्की र सन्दीप जोरा ब्याटिङ गरिरहेका छन् ।   सार्की रन १५ र जोरा ३३ रन बनाएर खेलिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.