बंगलादेशविरुद्ध सन्दीप जोराको आक्रामक ब्याटिङ
कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएपछि नेपाल यू–१९ टोली अहिले ब्याटिङ गरिरहेको छ। सुरुमा सुस्त ब्याटिङ गरिरहेका नेपाली युवा टोलीले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ गर्दै बंगलादेशविरुद्ध २०० रन पूरा गरेको छ । सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन् । ३६ बलमा ५६ रन बनाएर खेलिरहेका छन् ।
४८ ओभरमा नेपालको स्कोर २४४ रन पुगेको छ । ५ विकेटको क्षतिमा
बंगलादेशविरुद्ध ओपनर पवन सर्राफले अर्धशतक बनाए । १११ बलमा ८ चौका र १ छक्कासहित ८१ रन बनाएर पवन आउट भए ।
अहिले भीम सार्की र सन्दीप जोरा ब्याटिङ गरिरहेका छन् ।