बंगलादेशलाई नेपालले दियो २६२ रनको चुनौती

बंगलादेशलाई नेपालले दियो २६२ रनको चुनौती

कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ।   बंगलादेशले टस जितेर पहिला ब्याटिङको निम्ता  दिएपछि  ब्याटिङ गरेको नेपाल यू–१९ टोलीले बंगलादेशलाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ।

५० ओभरमा ८ विकेट गुमाउँदै नेपाली युवा टोलीले २६१ रन बनाएको हो ।सुरुमा सुस्त ब्याटिङ गरिरहेका नेपाली युवा टोलीले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ गर्दै बंगलादेशविरुद्ध राम्रो स्कोर बनाएको हो ।  

बंगलादेश विरुद्ध ओपनर पवन सर्राफ र सन्दीप जोराले अर्धशतक बानाए ।  सार्राफ १११ बलमा ८ चौका र १ छक्कासहित ८१ रन बनाएर आउट भए । 

आआक्रामक ब्याटिङ गर्दै जोराले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।  

ओपनर रित गौतम ५३ बलमा ३३ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका आसिफ शेख १३ बलमा ३ रन मात्रै बनाउन सके । चौथो नम्बरमा क्रिजमा आएका कुशल मल्ल ३ छक्का र १ चौकासहित ३२ बलमा २८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल १४ रन बनाएर आउट भए। भीम सार्कीले २१ रन बनाए । 

रसिद खान ६ रन बनाएर आउट हुँदा कमलसिं ऐरी ९ र हरिबहादुर चौहान १ रनमा अविजित रहे ।  बंगलादेशका लागि मोहमद तान्जिव हसन र मोहमद शहिन आलमले नेपालको २–२ विकेट लिए ।

पहिलो खेलमा श्रीलंकासँग ५ किवेटले पराजित भएको नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशलाई जित्नै पर्ने दबाब छ । नेपालको समूहमा आयोजक  श्रीलंका, बंगलादेश र यूएई छन्। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ। राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.