हतियार देखाएर होटल लुटपाट गर्ने गिरोहमा भगौडा सैनिक र सशस्त्र

हतियार देखाएर होटल लुटपाट गर्ने गिरोहमा भगौडा सैनिक र सशस्त्र

काठमाडौं :  राजधानीका होटलमा हतियार देखाएर लुटपाट गर्ने योजनामा संलग्न गिरोहमा भगौडा सैनिक र सशस्त्र प्रहरी संलग्न भएको पाइएको छ। गोगंबुको मुस्ताङ होटलमा पेस्तोल देखाएर लुटपाट गर्न लागेका ८ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानबाट राजधानीका विभिन्न होटलमा हतियार देखाएर लुटपाट गर्ने धन्दामा उनीहरु सक्रिय भएको खुलासा भएको छ। रसुवाबाट सुन लुट्ने योजनापनि उनीहरुको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हतियारसहित बसेको सूचनाका आधारमा छापा मार्दा उनीहरुको साथबाट २ थान पेस्तोल, २ थान म्यागजिन र ४ राउण्ड गोली लगायतका सामान फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

 पक्राउ पर्नेमा एउटै डान्सबारका तीन जना संचालक छन्। भगौडा सैनिकसमेत रहेका गोरखाका कुशल अधिकारी, नुवाकोटका रामबहादुर तामाङ,नुवाकोटकै धर्मराज तामाङ छन्।  उनीहरु गोगंबु हाई रेस्टुरेन्ट एण्ड डान्सबारका संचालक हुन्।

पक्राउ पर्नेहरुमा गुल्मी घर भइ हलचौर बस्ने बहालवाला सशस्त्र प्रहरी जवान युवराज भण्डारी, नुवाकोटका राजन तामाङ, नुवाकोटका पिटर तामाङ, धादिङका विजय तामाङ र रसुवाका योर्साङ घलेसमेत रहेका छन्।

प्रहरीले घटनाको विस्तृत विवरण दिउँसो २ बजे पत्रकार सम्मेलनमा दिने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.