लुटपाट गिरोहमा कसरी भयो विप्लव नेता, भगौडा सैनिक र सशस्त्रका जवानको सहकार्य ?

लुटपाट गिरोहमा कसरी भयो विप्लव नेता, भगौडा सैनिक र सशस्त्रका जवानको सहकार्य ?

काठमाडौं :  राजधानीका होटलमा हतियार देखाएर लुटपाट गर्ने योजनामा संलग्न गिरोहमा विप्लवका नेता, भगौडा सैनिक र सशस्त्र प्रहरी जवान संलग्न भएको पाइएको छ। गोगंबुको मुस्ताङ होटलमा पेस्तोल देखाएर लुटपाट गर्न लागेका ८ जनालाई प्रहरीले शनिबार पक्राउ गरेपछि लुटपाट गिरोहमा नितान्त फरक संगठनका तीन पक्षको सहकार्य भएको खुलेको हो। 

प्रहरी अनुसन्धानबाट राजधानीका विभिन्न होटलमा हतियार देखाएर लुटपाट गर्ने धन्दामा उनीहरु सक्रिय भएको खुलासा भएको हो। हतियारसहित बसेको सूचनाका आधारमा छापा मार्दा उनीहरुको साथबाट २ थान पेस्तोल, २ थान म्यागजिन र ४ राउण्ड गोलीलगायतका सामान फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

 पक्राउ पर्नेमा एउटै डान्सबारका तीनजना संचालक छन्। उनीहरुले बाहिर आफूहरु होटल सञ्चालक भएको बताउने तर हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका भगौडा सैनिकसमेत रहेका गोरखाका कुशल अधिकारी, नुवाकोटका रामबहादुर तामाङ, नुवाकोटकै धर्मराज तामाङ छन्।  उनीहरु गोगंबु हाई  रेष्टुरेनट एण्ड डान्सबारका संचालक हुन्।

पक्राउ पर्ने अन्यमा रसुवासका योर्साङ घले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेता तथा पूर्वलडाकु हुन्। त्यसैगरी गुल्मी घर भइ हलचौर बस्ने बहालवाला सशस्त्र प्रहरी जवान युवराज भण्डारी, नुवाकोटका राजन तामाङ, नुवाकोटका पिटर तामाङ, धादिङका विजय तामाङ रहेका छन्। 

प्रहरीले गिरोहको साथबाट प्रहरीले नै प्रयोग गर्ने हतियार बरामद भएको आशंका गरेको छ। यद्यपि सबै अक्षर मेटिएकाले अनुसन्धान गर्नुपर्ने बोगटीले बताए। पेस्तोलसँगै प्रहरीले त्यसमा प्रयोग हुने ७.६२ एमएमको  चार राउण्ड गोली बरामद गरेको हो। प्रहरी अनुसन्धानबाट बौद्धमा एक करोड बढी गरगहना भएको घरमा लुटपाटको योजना गरिरहेकोसमेत खुलेको छ। 

गिरोहले सुन विक्री गर्ने भन्दै लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नवलपरासी बर्दघाटका योगेश विकलाई त्यसैगरी लुटपाट गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। बाबुको उपचार गर्न गंगालाल अस्पताल आएका विकलाई सुन किन्न दबाब दिएर लुटपाट गरेपछि उनले प्रहरीमा उजुरी गरेका थिए। उनी बालकृष्ण सुनचाँदी पसल सञ्चालक हुन्। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.