१२ बुँदे सम्झौतामा भारतको कुनै संलग्नता छैन : माधव नेपाल

१२ बुँदे सम्झौतामा भारतको कुनै संलग्नता छैन : माधव नेपाल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिमा भारतको कुनै संग्लन्नता नरहेको बताएका छन्। सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीको बीचमा २०७२ मंसिर ७ मा संयुक्त सहकार्य गर्ने गरी १२ बुँदे सहमति भएको थियो। त्यह्री सहमतिपछि नेपालमा राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र स्थापना भएको थियो।

तर केही राजनीतिक दलका नेताले उक्त सहमतिमा भारतको संग्लन्नता रहेको आशंका गरिरहेका बेला वरिष्ठ नेता नेपालले त्यस्तो आशंकाको प्रतिवाद गरेका हुन्। नेकापका केन्द्रीय सदस्य लक्ष्मण पन्तले लेखेको पुस्तक नेपाल भारत र छिमेक ः चार दशकका मुख्य घटना’ पुस्तक बहस कार्यक्रमलाई सम्बोधन गदै नेता नेपालले १२ बुँदे सहमतिका विषयमा अझै भ्रम पाल्नु नपर्ने बताएका हुन्।

‘मैले विगतदेखि नै प्रतिवाद गर्दै आएको छु। भारतको कुनै पनि परामर्श भएको मलाई जानकारी छैन। त्यहा भारतमा प्रचण्ड जीलाई लिएर जानका लागि मेरो नै भूमिका थियो। मेरो दबाबबाट नै उहाँ दिल्ली जानु भएको हो। अहिले पनि भन्दैछु। मैले प्रचण्ड जीलाई समातेर नै लगेको हँु। नारायणकाजी श्रेष्ठलाई पठाए र उहाँले त्यहाबाट लिएर आएपछि मैले नै दिल्लीमा पुगेर सहमति गरेको हो,’ नेता नेपालले भने,–‘गिरिजाप्रसाद कोइरालालाई पनि फोन गरेर तपार्इं दिल्ली आउनु प¥यो, दिल्लीमा हामी जादैछौं, हामी बसेर सहमति खोजनु प¥यो भनेको थिएँ। त्यसपछि दिल्लीमा बैठक बसेका थियौँ।’

नेता नेपालले त्यसबेला भएको सहमतिका बारेमा थप उल्लेख गदै भने, ‘हामीले आ–आफ्ना खेस्रा तयार पा¥यौं। हाम्रो खेस्रा एउटा थियो, बाबुरामजीको अर्काे थियो, नारायणकाजीको अर्काे, कांग्रेसका तर्फबाट कृष्ण सिटौलाजीको अर्का खेस्रा थियो। जम्मै खेस्रालाई बाबुरामजीले राखेर डाफ्ट गरेपछि हामी १२ बुँदेमा पुगेका थियौं।’

कुनै नेताले शौचालयमा गएर अमुक व्यक्तिलाई फोन गरेर परामर्श गरेको भए आफूलाई थाहा नहुने भन्दै उनले त्यस्तो रहेछ भने खोजी नीति गरेर पत्ता लगाउन नेपालले आग्रह गरे। ‘अब मलाई थाहा छैन, ट्वाइलेटमा जाँदै कसैले कसैसँग सुनाउने र निष्कर्ष लिने काम गरेको भए मलाई जानकारी हुने कुरा भएन,’ नेता नेपालले थपे, ‘अनुसन्धान गर्नुहोला, पत्ता लगाउनु होला।’

कार्यक्रममा नेकपाको स्थायी समिति सदस्य पम्फा भुषालले नेपाल भारत सम्बन्ध समानताका आधारमा हुनुपर्ने बताए। कार्यक्रममा नेता राम कार्की, सुरेश आलेमगरलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.