अपोलो अस्पतालमा अत्याधुनिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण
काठमाडौं : भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले अत्याधुनिक प्रविधिद्धारा मिर्गौला एवं जोर्नी प्रत्यारोपण सेवा संचालन गरिरहेको छ। मिर्गौला एवं जोर्नी प्रत्यारोपणमा ख्याती कमाएको अपोलो अस्पतालमा कार्यरत भारतीय सर्जनले शुक्रबार पत्रकार सम्मेलन गर्दै विकसित मुलुकमा भएको प्रविधि र दक्ष चिकित्सकहरु उपलब्ध भएकोले अन्य मुलुकमा जान नपर्ने बताए।
वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा.सन्दिप गुलेरियाले मिर्गौलाको दीर्घ विरामीलाई रोबोटिक सर्जरी लगायत अत्याधुनिक प्रविधिद्धारा उपचार गरिने जानकारी दिए। अपोलो अस्पतालमा हालसम्म २१ हजार भन्दाबढी मिर्गौला बिग्रेका व्यक्तिको प्रत्यारोपण गरिसकेको छ।
अस्पतालका वरिष्ठ कन्सल्यान्ट युरोलोजिष्ट डा.एन सुब्रमन्यनले मधुमेह र उच्च रक्तचापले मिर्गौलालाई असर गर्ने बताए। वरिष्ठ कन्सल्टयाण्ट अर्थोपेडिक सर्जन डा.यस गुलाटिले अत्याधुनिक प्रविधिबाट घुँडाको प्रत्यारोपण गरिने जानकारी दिए। अस्पतालमा हरेक महिना तीन शैया भन्दा बढी विरामी उपचारका लागि जाने गरेको चिकित्सकले बताए।