नेपालको सुखद सुरुआत

नेपालको सुखद सुरुआत

काठमाडौं : किर्गिस्तानमा आइतबारदेखि सुरु भएको नाझ्दा कप फुटबल प्रतियोगितामा नेपाले सुखद सुरुआत गरेको छ। नेपालले पहिले खेलमा आइतबार घरेलु टोली किर्गिस्तानलाई ८-२ गोलले हराएको छ। घरेलु टोलीमाथि सानदार प्रदर्शन गरेको नेपालको जितमा सावित्रा भण्डारीले चार गोल गरिन्। अनिता बस्नेतले दुई तथा कप्तान नीरू थापा र दीपा राईले एक एक गोल गरे। जितसँगै नेपालले फाइनलमा पुग्ने सम्भावना बढाएको छ।

आइतबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२-० गोलले हराएको छ। पहिलो खेलसँगै उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ। नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। चार टोली सम्मिलित प्रतियोगितामा नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्नेछ। लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। फाइनल खेल बिहीबार हुनेछ।

अन्तिममा रहेका दुई टोलीबीच बिहीबार नै तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीस्वरूप नाझ्दा कप फुटबल खेलेको हो। किर्गिस्तानको आमन्त्रणामा सहभागिता जनाएको नेपालले उपाधिको लक्ष्य लिएको टोलीका प्रशिक्षक हरि खड्काले बताएका छन्। नेपाली महिला टोली सागको उपाधि जित्ने लक्ष्यका साथ पछिल्लो समय लगातार अभ्यास गरिरहेको छ। नेपाल साग फुटबलमा साबिक उपविजेता हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.