पोर्चुगलको पहिलो जित

पोर्चुगलको पहिलो जित

बेलग्रेड : युरोकप छनोट फुटबलमा पोर्चुगलले पहिलो जित हात पारेको छ। पोर्चुगलले शनिबार राति खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा सर्बियालाई उसैको मैदानमा ४—२ गोलले हरायो। पोर्चुगल युरोकपको साबिक विजेता टोली हो। पोर्चुगलले केही समयअघि नेसन्स लिगको उपाधि पनि जितेको थियो।

खेलमा सुरुआती अग्रता पनि पोर्चुगलले नै लिएको थियो। प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा पोर्चुगलका लागि विलियम कार्भाल्होले पहिलो गोल गरेका थिए। सोही गोलका कारण पहिलो हाफमा पोर्चुगल अगाडि रह्यो। ५८औं मिनेटमा गोन्कालो ग्वेडेसले पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए।

यसैगरी ६८औं मिनेटमा निकोला मिलेन्कोभिचले सर्बियाका लागि जवाफी गोल गरेपछि खेल २—१ को अवस्थामा पुगेको थियो। ८०औं मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको अग्रता ३—१ बनाएका थिए। त्यसको पाँच मिनेटपछि नै एलेक्जेन्डर मित्रोभिचले सर्बियाका लागि दोस्रो गोल फर्काएका थिए।

निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि बेनार्डो सिल्भाले पोर्चुगलका लागि चौथो गोल थपे। समूह ‘बी’ मा पाँच खेल खेलेको युक्रेन १३ अंकसहित पहिलो स्थानमा छ। तीन खेलबाट पाँच अंक हात पारेको पोर्चुगल दोस्रो र चार खेलबाट चार अंक जोडेको लग्जम्बर्ग तेस्रो स्थानमा छन्। चार खेलबाट चार अंक जोडेको सर्बिया चौथो र चार खेलबाट एक अंक हात पारेको लिथुआनिया पाँचौं स्थानमा छन्।

यसैगरी समूह ‘एच’अन्तर्गतको खेलमा विश्वकप विजेता फ्रान्सले घरेलु मैदानमा अल्बेनियालाई ४—१ गोलले हरायो। फ्रान्सको जितमा किङ्सली कोमेनले दुई तथा ओलिभर गिरोड र जोनाथन इकोनले एक÷एक गोल गरे। खेलको ३७औं मिनेटमा फ्रान्सका अनुभवी खेलाडी एन्टोइन ग्रिजम्यानले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए।

सोही समूहको अर्को खेलमा टर्कीले घरेलु मैदानमा एन्डोरालाई १—० गोलले हरायो। उक्त समूहमा सबै टोलीले पाँच÷पाँच खेल खेलेका छन्। समान पाँच खेलबाट १२÷१२ अंक हात पारेका फ्रान्स, टर्की र आइसल्यान्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। ६ अंकसहित अल्बानिया चौथो र तीन अंकसहित मोल्डोभा पाँचौं स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.