अर्गानिक चियालाई बजार अभाव

अर्गानिक चियालाई बजार अभाव

इलाम : रोङ गाउँपालिका ३ र ४ का एक सय १७ घर किसानले अर्गानिक चिया उत्पादन सुरु गरेको एक दशक भयो। गाउँपालिका भरी एउटा पनि कारखाना नभए पनि त्यहाँका किसानलाई चिया बिक्री गर्न समस्या छैन।

वार्षिक ८० हजार किलो चिया उत्पादन गर्ने त्यहाँका किसान अहिले सूर्योदय नगरपालिकाको गोर्खा टी स्टेटलाई चिया बिक्री गर्छन्। अगुवा चिया कृषक माधव निरौलाले भने, ‘हरियो चियाको मूल्य प्रतिकिलो ८० रुपयाँभन्दा कम्तीमा बेच्नु परेको छैन।’

उनीहरूले उत्पादन गरेको चिया जर्मनी, अमेरिकालगायत तेस्रो मुलुकमा महँगोमा बिक्री हुने गरेको छ। गोर्खा टी का प्रोपाइटर उदय चाँपागाईं पनि गुणस्तरीय चिया उत्पादन गरे चियाको भविष्य राम्रो भएको बताउँछन्। तर, इलामका सबै कारखानामा किसान निरौला र उद्यमी चापागाईंले भनेजस्तो अवस्था छैन। इलामका कारखानाले दाताको लगानीमा अर्गानिक प्रमाणित गरेका इलामका चिया बगान नवीकरणका लागि पनि दाताको सहयोग चाहिने भएको छ।

इलाममा १७ कारखानाले दुई हजार सात सयको हाराहारी किसानको चिया अर्गानिक प्रमाणित गरे पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच बनाउन नसक्दा पछिल्लोपटक प्रमाणीकरण भएका १३ कारखानामध्ये अधिकांशमा समस्यामा परेको चिया विज्ञ रामचन्द्र नेपालले बताए। इलामका अर्गानिक प्रमाणीकरण भएका कारखानाले वार्षिक आठ लाख किलो अर्गानिक तयारी चिया उत्पादन गर्ने गरेका छन्। नेपालले भने, अर्गानिक प्रमाणीकरणसँगै बजारीकरण गर्न नसकेका कारण समस्या भएको छ।’

तेस्रो मुलुकले अर्गानिक चियाको माग गरेपछि अर्थोडक्स चियाको अर्गानिक प्रमाणीकरणमा डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति समावेशी कार्यक्रमले इलामका १३ वटा चिया कारखाना र चिया बगानलाई अर्गानिक बनाउन प्रतिकारखाना तीन लाखदेखि पाँचलाखसम्म अनुदान सहयोग गरेको थियो।

९० प्रतिशतसम्म अनुदान पाएर अर्गानिक प्रमाणीकरण गरेका कारखानाले प्रमाणीकरणको एक वर्ष नबित्दै नवीकरण गर्न नसक्ने अवस्थामा पुगेका छन्। नेपालले भने, ‘नवीकरणको समस्या भएको छ तर नवीकरण गर्ने अवस्थामा धेरै कारखाना छैन।’ उद्योग वाणिज्य संघको पहलमा कारखानालाई नवीकरणमा सहयोग गर्न व्यपार तथा निकासी प्रवद्र्धन केन्द्रसँग छलफल अघि बढाएको उनले बताए।

नासा, आईएमओलगायत अर्गानिक प्रमाणीकरण गर्ने अन्तर्राष्ट्रिय संस्थाले पठाएका विज्ञले किसानको फिल्डै आएर अनुगमन पछि अर्गानिक प्रमाणीकरण गर्ने गरेका छन्। उद्योग सञ्चालकका अनुसार नवीकरण गर्न पनि वार्षिक दुई लाखको हाराहारीमा खर्च आउँछ।

यसै वर्ष ३६ जना कृषकको बगान अर्गानिक प्रमाणीकरण गरेको सूर्योदय नगरपालिकाको पञ्चकन्यामा रहेको ओएसिस टी इन्डस्ट्रीका सञ्चालक ज्योति अधिकारी अहिले अर्गानिक प्रमाणीकरण गरेको चिया अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन पाँच वर्ष लाग्ने भएकाले सरकारले नवीकरणमा सहयोग गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘अर्गानिक प्रमाणीकरणपछि अन्तराष्ट्रिय बजारले पत्याउन पाँच वर्ष लाग्छ, त्यो अवधिसम्म सरकारले सहयोग नगरे नवीकरण गर्न सक्ने अवस्था छैन।’

इलामको साखेजुङको कञ्चनजंघा अर्गानिक चिया कारखानाकी सञ्चालिका मिलन खत्री बैंकमा घरजग्गा धितो राखेर स्थापना गरेको कारखानाबाट उत्पादित चिया अर्गानिक प्रमाणीकरणसँगै तेस्रो मुलुकबाट प्रशस्त माग आउन थालेको अनुभव सुनाउँछिन्। अनुदान पाएर अर्गानिक प्रमाणीकरण गरेको चिया नवीकरणमा सरकारले सहयोग गर्नुपर्ने उनको माग छ।

नेपालका अनुसार अर्गानिक प्रमाणीकरण नभएको चिया भारतमा भारु किलोको एक सय ५५ मा बिक्री भइरहेको छ। २०१९ चिया उद्योगका लागि सर्वाधिक खराब बनेको उनको भनाइ छ। उनले भने भारतमा पनि चिया बिक्री भएको छैन। उनले सुनाए ‘मंगलबार मात्र भारतको अक्सन बजारमा पाँच हजार किलो चिया मात्रै बिक्री भएको छ।’ चियाका लागि यो खतरनाक संकेत भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.