मध्य र पूर्वमा भारी वर्षाको सम्भावना
![मध्य र पूर्वमा भारी वर्षाको सम्भावना](https://annapurnapost.prixacdn.net/media/albums/rain-in-nepal-5_20190207132359_EVNIUHUTdL.jpg)
काठमाडौं : सोमबार मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसतमा छ भने उत्तरतर्फ जाने उल्लेख छ। उत्तरी- छत्तिसगढको आसपास न्युन चापिय प्रणाली रहेको छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
सोमबार बिहान पूर्व र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभरी सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित मध्यम वर्षा हुनेछ। राति मध्य र पूर्वी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मंगलबार देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
बुधबार देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)