हजुरआमा बन्दै रविना
![हजुरआमा बन्दै रविना](https://annapurnapost.prixacdn.net/media/albums/raveena-tandon_20190909034743_YSKu7BMMzT.jpg)
मुम्बई : डान्स रियालिटी सो ‘नच बलिए- ९’ मा आफ्नो अदाले दर्शकलाई दिवाना बनाएकी बलिउड अभिनेत्री रविना टन्डन छिट्टै हजुरआमा बन्दैछिन्। रविनाले हालै आफ्नी छोरी छायाको ‘बेबी सोअर पार्टी’ आयोजित गरेकी छन्। उक्त पार्टीमा उनका नजिकका साथी सहभागी थिए।
छायालाई रविनाले १९९५ मा एडप्ट गरेकी हुन्। रविनाले २००४ मा अनिल थडानीसँग विवाह गरेकी हुन्। उनका दुई सन्तान राशा र रणवीर छन्। रविनाले यो पार्टी गोप्य राखेकी छन् जसमा परिवार र नजिकका साथी मात्रै सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)