रिटायर्ड हुँदै निकी मिनाज
![रिटायर्ड हुँदै निकी मिनाज](https://annapurnapost.prixacdn.net/media/albums/nicki-minaj_20190909042633_sgflsweGrz.jpg)
हलिउड : चर्चित पप गायिका निकी मिनाजले ट्विटरमा गरेको एक घोषणाले उनका फ्यानलाई आश्चर्यचकित बनाएको छ। उनले ट्विटरमा आफू म्युजिक इन्डस्ट्रीबाट रिटायर्ड हुन लागेको उल्लेख गरेकी छन्। गायिका निकीले लेखेकी छन्, ‘अब म म्युजिकको दुनियाँबाट टाढा भएर आफ्ना पार्टनर केनेथ जु पेट्टीकेसँग घर बसाउन थालेकी छु।
मैले रिटायर्ड हुने र आफ्नो परिवार बसाउने फैसला गरिसकेकी छु।’ उनको यो ट्विटबाट उनका फ्यान निकै निरास भएका छन् किनकि यसअघि निकीले कहिल्यै यसको छनक दिएकी थिइनन्। अघिल्लो वर्ष निकी एउटा भिडियोका कारण निकै चर्चामा थिइन् जसमा र्यापर कार्डी बीले उनीमाथि आफ्नो बालापनको मजाक उडाएको आरोप लगाएका थिए। तर निकीले यसको खण्डन गर्दै आएकी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)