कांग्रेसले भ्रष्टाचारविरूद्ध अभियान चलाउने

कांग्रेसले भ्रष्टाचारविरूद्ध अभियान चलाउने

काठमाडौं : कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। भदौ २४ गतेबाट सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा हुने जागरण अभियानका लागि आइतबार तीन सय ३० जना केन्द्रीय प्रतिनिधिको टुंगो लगाएको हो। केन्द्रीय प्रतिनिधिमा प्रदेश र प्रतिनिधिसभा उम्मेदवार, पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसदलाई जिम्मेवारी दिएको छ।

पार्टीका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेसले हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण अभियान सञ्चालन गर्न लागेको हो। मुलुकभर एकसाथ सुरुवात हुने जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ। अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत हुनेछ।

अभियानका क्रममा महंगी, भ्रष्टाचार, महिला हिंसा, अलोकतान्त्रिक विधेयक र सरकारको कार्यशैलीविरुद्ध खवरदारी गर्ने कांग्रेसले जनाएको छ। जागरण अभियानलाई अन्तक्रियात्मक बनाउन कांग्रेसले एउटा मात्र सभाको आयोजना गर्नेछ। असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन कार्यक्रम तय गरेको छ।

‘जागरण अभियानमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई प्राथमिकतामा राखिएको छ’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेताले कम बोल्ने बढी सुन्ने छन्।’ जागरण अवधिभर सामाजिक संवादअन्तर्गत सामाजिक विसंगतीविरूद्ध, युवा केन्द्रीत विशेष संवाद तथा वडा स्तरीय अन्तरक्रिया गर्ने कांग्रेसले जनाएको छ।

भातृसंस्थाबारे छलफल

कांग्रेसले पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान बारे सुझाव संकलन गर्ने भएको छ। केन्द्रीय समिति सदस्य एनपी साउद संयोजक रहेको सुझाव समितिले भ्रातृसंस्थाको सांगठनिक संरचना र विधानमा एकरुपता कायम गराउन भ्रातृसंस्थाका सभापति, निवर्तमान सभापति र विधान मस्यौदा समितिका संयोजकसँग छलफल गर्ने जनाएको छ।

यो पनि पढ्नुहोस् : जागरण अभियानका लागि कांग्रेसले तोक्यो ३ प्रदेशमा जिम्मेवारी (सूची)

भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउँ भनी माग गरिएका विषयमा प्रस्तावित भ्रातृ एवं शुभेच्छुक संस्थाका सभापतिसँग छलफल गर्ने पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदिप पराजुलीलाई नियुक्त गरेको छ।

‘गणतन्त्र संकटमा’

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारका कारण गणतन्त्र र संघीयता संकटमा परेको दावी गरेका छन्। पूर्वराजा र विप्लवका कारण प्रतिगमनको सम्भावना रहेको प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा बोलेको उल्लेख गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘यदी यो मुलुकमा गणतन्त्र र संघीयता खतरा छ भने पूर्वराजा र विप्लवका कारण होइन, यो सरकारका कारणले हो।’

सरकारका गतिविधिले लोकतन्त्र धरापमा परेको उनको भनाइ छ। ‘लोकतन्त्रमाथि प्रहार भइरहेको छ। यसलाई बचाउन कांग्रेस चनाखो हुन जरुरी छ। संघीयता पनि खतरामा छ’, उनले भने, ‘संघीयता कार्यान्वयन गर्न विदेशीसँग सरकारले पैसा मागिरहेको छ। संघीयता नेपालको आवश्यकता हो, यसलाई नेपालीले नै चलाउनु पर्छ।’

भ्रष्टाचारविरुद्ध तरण दल

प्रमुख प्रतिपक्षी दल कांग्रेसको भातृसंस्था नेपाल तरूण दलले भ्रष्टाचारविरूद्ध अभियान चलाउने भएको छ। दोस्रो राष्ट्रिय जागरण अभियानका क्रममा वडादेखि केन्द्रसम्म ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान सञ्चालन गर्ने तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

केन्द्र, जिल्ला, महानगर, नगर, गाउँ, वडा सबै ठाउँमा अहिले देखिएको भ्रष्टाचारविरूद्ध भण्डाफोर अभियान चलाउन तरूण दलले पत्राचार गरेको उनले बताए। पार्टीले घोषणा गरेको दोस्रो चरणको राष्ट्रिय अभियानमा सक्रिय भएर लाग्न तरुण दल अध्यक्ष जीतजंग बस्नेतले निर्देशन दिएका छन्।

कांग्रेसले तोकेको ३ प्रदेशमा जिम्मेवारी (सूची)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.