सीपीएलको पहिलो खेलमा सन्दीप : २ बल ब्याटिङ, १ ओभर बलिङ

सीपीएलको पहिलो खेलमा सन्दीप : २ बल ब्याटिङ,  १ ओभर बलिङ

काठमाडौं : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्याराबिन प्रिमियर लिग(सीपीएल)मा यस सिजनको पहिलो खेलमा नै बलिङ र ब्याटिङको मौका पाएका छन्।  सन्दीप यस सिजन बार्बाडोस ट्रिडेन्समा आवद्ध भएका छन्। वेस्ट इन्डिज टोलीका कप्तानसमेत रहेका जासोन होल्डरको कप्तानीमा रहेको  बार्बाडोस ट्रिडेन्सले आइतबार गुयना अमाजोन वारियर्ससँग प्रतिस्पर्धा गरेको थियो। 

सन्दीपले जम्मा एक ओभर मात्रै बलिङ गर्ने मौका पाउँदा ५ रन दिए। छैटौं ओभरमा बलिङमा आएका सन्दीपले चार बल डट खेले। एक बलमा चौका र एक बलमा एक रन दिए। अघिल्लो ओभरमा कप्तान होल्डरले १८ रन दिएका थिए। किफायती बलिङ गरेपनि सन्दीपलाई अन्य ओभरमा बलिङको मौका दिइएन्।  अन्तिममा ब्याटिङमा आएका सन्दीप २ बलको सामना गर्दा कुनै रन नबनाई बोल्ड आउट भए। पहिलो खेलमा सन्दीप आवद्ध टोली बार्बाडोस ट्रिडेन्स ४७ रनले पराजित भयो। 

बार्बाडोस ट्रिडेन्सले टस जितेर पहिले बलिङ रोजेको थियो। गुयना वारियर्सले पहिले ब्याटिङ गरी २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो। १८१ रनको लक्ष्य पाएको बार्बाडोस ट्रिडेन्सले १६.४ ओभरमा १३३ रन बनाउँदा सबै विकेट गुमायो। 

गत सिजन पहिलो पटक सन्दीप क्याराबिन प्रिमियर लिगमा आवद्ध भएका थिए सेन्ट किट्स एन्ड नेभिस पेट्रिवट्सले अनुबन्ध गरेको थियो। ५ खेल मात्रै खेलेका उनले ७  विकेट लिएका थिए।१७ ओभर बलिङ गरेका सन्दीपले १ ओभर मेडन गर्दै १०६ रन मात्रै दिएका थिए। उनको बलिङ इकोनोमी ६.२४ रह्यो। सीपीएल २०१८ को बेस्ट बलिङ एकोनोमीमा सन्दीप पाचौं स्थानमा रहन सफल भए।  गत सिजन उनले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० बाट ‘ब्रेक थ्रु स्टार’ अवार्ड समेत पाए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.