नाझ्दा कपको दोस्रो खेलमा नेपाल पराजित
काठमाडौं : किर्गिस्तानमा जारी नाझ्दा फटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल २–० पराजित भएको हो।
पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुवातमै अर्को गोल खाएको थियो। पहिलो हाफको ३४औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै अग्रता लिएको थियो। दोस्रो गोल ५१औं मिनेटमा गरी उसले अग्रता दोब्बर गर्यो।
नेपाली महिला टोलीले दोस्रो हाफमा गोल गर्ने केही अवसरहरू सिर्जना गरे पनि गोल भने गर्न सकेन।
यसअघि आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८-२ गोल अन्तरले पराजित गरेको थियो। उज्वेकिस्तानले ताजकिस्तानलाई १२-० ले पराजित गरेको थियो।
चार टोली सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)