बुर्किना फासोमा बम हमला, २९ जना मारिए
![बुर्किना फासोमा बम हमला, २९ जना मारिए](https://annapurnapost.prixacdn.net/media/albums/burkina-faso_20190909083951_vs7w29wDmf.jpg)
बुर्किना फासो : बुर्किना फासोमा दुई अलग बम हमलामा कम्तिमा २९ जना मारिएका छन् ।
बुर्किना फासोको उत्तरी क्षेत्रस्थित खाद्यान्न र यात्रु बोकेर गुडिरहेका दुई फरक ट्रकमाथि हमला भएको यहाँको सरकारले जनाएको छ । सरकारका प्रवक्ता रेमिस फुल्गान्स डान्जिनोका अनुसार मृत्यु हुने अधिकांश व्यापारीहरु थिए ।
संसारकै गरिबमध्ये पर्ने मुलुक बुर्किना फासोमा २०१५ देखि हतियारधारी समूहले विद्रोह गर्दैआएका छन् । र यस्ता समूहको संख्या बढ्ने क्रम छ । यही महिनाको सुरुमा उत्तरी क्षेत्रस्थित सैनिक क्याम्पमा हमला गर्दा २४ जना मारिएका थिए । यहाँ सक्रिय विद्रोही समूह छिमेकी मालीबाट सुरु भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)