डेंगु लागेर अस्पताल भर्ना भएका कृषि मन्त्री खनाल डिस्चार्ज
काठमाडौं : डेंगु लागेर अस्पताल भर्ना भएका कृषि मन्त्री चक्रपाणी खनाल डिस्चार्ज भएका छन्। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पाँच दिनको उपचारपछि मन्त्री खनाल सोमबार डिस्चार्ज भएका उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।
उच्च ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा उनलाई डेंगु संक्रमण भएको पुष्टि भएको थियो। थप उपचारका लागि उनी बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएका थिए।
निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण उनमा देखिएका थिए।
राजधानी काठमाडौंसहित मुलुकभर अहिले पोथी लामखुट्टेले टोकेर लाग्ने डेंगुका बिरामी बढेका छन्।