पराराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच वार्ता

पराराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच वार्ता

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता भइरहेको छ। वार्ता होटल याक एण्ड यतीमा भइरहेको छ।

ज्ञवाली वाङ नेतृत्वको प्रतिनिधि मण्डलको वार्तापछि राजनीतिक भेटघाटको तय  गरिएको छ।

वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव वार्तामा रहेका छन्।

यो वार्तापछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्। प्रधानमन्‍त्रीसँगको वार्तामा दुई पक्षीय सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने बारेमा छलफल हुने बताइएको छ।

चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि विमर्श हुनेछ। 

दुई पक्षीय वार्तामा मदन भण्डारी विश्वविद्याल, कोदारी राजमार्गको धुलिखेल-कोदारी खण्डको स्तरोन्नती, रसुवागढी-ठोरी करिडोरमा टोखा-छहरे सुरुङमार्ग एवं बेत्रावती-स्याफ्रुबेंसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ। 

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीचको वार्ताको एजेण्डामा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउने बुँदा पनि पर्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.