तालिबानीसँग फेरि वार्ता हुन्छ : अमेरिका
काबुल : अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले तालिबानी समूहसँग भंग भएको वार्ता फेरि सुरु हुने बताएका छन् ।
दुई पक्षबीच वार्ताको तयारी भइरहँदा अफगानिस्तानमा बिहीबार तालिबानी समूहले विस्फोट गराएपछि वार्ता भंग भएको थियो । घटनापछि तालिबानी समूह वार्ताको लागि लचिलो भएको कुरा व्यवहारमा नदेखिएको पोम्प्योको गुनासो थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबान र अफगानिस्तानका प्रतिनिधिबीच यही शनिबार हुने भनिएको वार्ता रोकेका थिए । त्यसपछि नै त्यहाँका विदेशमन्त्री माइकले वार्ताको सम्भावना नटरेको भन्दै आशा व्यक्त गरेका हुन् । फक्स न्युजका लागि अन्तर्वार्ता दिँदै माइकले यस्तो बताए । उनले वार्ता फेरि सुरु हुनेमा विश्वास व्यक्त गरेका हुन् ।