तालिबानीलाई वार्ताको लागि युद्ध रोक्न अफगान सरकारको आग्रह
![तालिबानीलाई वार्ताको लागि युद्ध रोक्न अफगान सरकारको आग्रह](https://annapurnapost.prixacdn.net/media/albums/talibani_20190909110758_FloRscK06V.jpg)
काबुल : तालिबानी विद्रोही समूहलाई युद्ध रोक्न र काबुलसँग प्रत्यक्ष वार्तामा आउन अफगान सरकारले आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार अफगान सरकारसहित तालिबानीसँग वार्ताको तयारी गरिरहँदा स्थगित भएपछि अफगान सरकारको यस्तो आग्रह आएको हो । अफगान सरकारले विज्ञप्ति जारी गर्दै तालिबानी समूहले हमला रोकेर युद्धविराम गरेपछि मात्रै वास्तविक शान्ति वार्ता सम्भव भएको जनाएको हो ।
साथै सरकारले जारी गरेको विज्ञप्तिमा आफूहरु शान्ति वार्ताको पक्षमा रहेको पनि बताइएको छ । ‘हामीसँग वार्ताको लागि शर्तहरु छैनन, तर शान्तिसँग केही शर्त हुन्छन् । उनीहरुले हत्या रोक्नुपर्छ । हिंसालाई निरन्तरता दिएरै वार्तामा बस्न कसरी सम्भव हुन्छ ? प्रष्ट शंकेत के छ भने तालिबान शान्तिका लागि इच्छुक छैनन !’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)