बिजुली बसमा रक्षामन्त्री पोखरेलको टुँडिखेल सरर (फोटो)

बिजुली बसमा रक्षामन्त्री पोखरेलको टुँडिखेल सरर (फोटो)

काठमाडौं : काठमाडौं महानगरपालिकामा विद्युतीय बस सुरु भएको छ। सुन्दर यातायात प्रालिले तत्कालका लागि चारवटा बस सञ्चालन गरेको हो।

सोमबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बिजुली बसको सेवा आरम्भ गरे।

पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार पहिलो चरणमा चारवटा बस सञ्चालन गरिने छ। विद्युतीयबस सुरुमा रिङरोडमा चलाइने उनले बताए।

सरकारले विद्युतीय बस सञ्चालन गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन नराखिदिएको अध्यक्ष थापाले बताए। अहिले यातायातले तीन ठाउँमा चार्जिङ स्टेसन राखेको छ। थप चार ठाउँमा स्टेसन राख्‍ने तयारी भइरहेको थापाले बताए। विद्युतीय बसको प्रयोगले प्रेट्रोलियम पदार्थको संकट र प्रदूषण घटाउने भएकाले उपयोगी हुने उनको दाबी छ।

बस एकपटक चार्ज गरिसकेपछि २६८ किलोमिटरसम्म गुड्न सक्छ। अहिले ल्याएका बस दुई साइजका छन्। एउटा ४० सिट क्षमताको र अर्को ३० सिट क्षमताको छ।

आउँदो एक महिनामा सुन्दर यातायातले १८ विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ। ११ वटा थप बस खरिद भइसकेको छ। बाटोको अवस्था र भित्री रुट पत्ता लगाएर यी बस सञ्चालनमा ल्याउने तयारी छ।

रिङरोड बाहेक नारायणस्थानबाट मेडिसिटी, गोङ्गबुबाट सूर्यविनायक, कलंकीबाट जोरपाटी,  तीनकुने, विमानस्थल, त्रिपुरेश्वर कुदाउने योजना रहेको अध्यक्ष थापाले बताए। अहिले ल्याएका विद्युतीय बस चीनबाट ल्याइएको हो। सुन्दर यातायातको ११ करोड र चाइनिज बिएके कम्पनीको थप ७५ प्रतिशत लगानी रहेको थापाको भनाई छ।

नेपाल सरकारको चालु भाडा दर अनुसार नै विद्युतीय बसमा भाडा लिइने थापाले बताए। तर सरकारले तोकेको भाडादरमा २० प्रतिशत छुट यात्रुलाई उपलब्ध गराउने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.