भारतको चन्द्रयान-२ को प्रशंसा गरिन् पाकिस्तानी खगोलविद्ले
![भारतको चन्द्रयान-२ को प्रशंसा गरिन् पाकिस्तानी खगोलविद्ले](https://annapurnapost.prixacdn.net/media/albums/pakistani-astro_20190909113922_UT5ool1kTu.jpg)
नयाँदिल्ली : पाकिस्तानी पहिलो महिला खगोलविद्को रुपमा चिनिने नमिरा सलीमले भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ बारे खुलेर प्रशंसा गरेकी छन् ।
एक ऐतिहासिक काम भएको भन्दै भारतको उक्त कदमको तारिफ गरेकी हुन् । उनले भनिन्, ‘म भारत र आईएसआरओको चन्द्रमाको दक्षिणी ध्रुवमा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङको प्रयासको सह्राना गर्छु । चन्द्रयान–२ दक्षिण एसियाको लागि मात्रै नभएर पूरा विश्वको अन्तरिक्ष उद्योगका लागि गर्वको विषय हो ।’
वैज्ञानिकहरुका अनुसार ७ सेप्टेम्बरमा चन्द्रयान–२ चन्द्रमाको सतह भन्दा २ किलोमिटर परसम्म पुग्दा सम्पर्कमा थियो । यसपछि सम्पर्कविहीन भएको बताइन्छ । आईएसआरओका वैज्ञानिकहरु अझै सम्पर्कको पहल गरिरहेको बताएका छन् ।
पाकिस्तानी खगोलविद् नमिराले अन्तरिक्षमा दक्षिण एसियाको प्रयास उल्लेखनीय रहेको बताएकी थिइन् । साथै कुन देशबाट पठाइयो भन्ने कुराले केही फरक नपर्ने पनि उनको भनाइ थियो । नमिरा पाकिस्तानको तर्फबाट अन्तरिक्षमा जाने पहिलो महिला हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)