चन्द्रगिरिमा चिनियाँ विदेशमन्त्री

चन्द्रगिरिमा चिनियाँ विदेशमन्त्री

काठमाडौं : तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार बिहान पर्यटकीय पर्वत चन्द्रागिरिको भ्रमण गरे। काठमाडौंको पश्चिम-दक्षिणमा अवस्थित चन्द्रागिरिमा विदेशमन्त्री वाङ भ्रमण टोलिका साथ केबलकारमार्फत् पुगेका हुन्।

चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरे।

चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ। चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीका साथै विदेशी तथा स्वदेशी पर्यटकको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ।

विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइ पुगेका हुन्।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.