प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच बालुवाटारमा 'वान टु वान वार्ता'
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच ‘वान टु वान’ वार्ता भएको हो । यसअघि उनी पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एण्ड यती होटलमा भेटवार्ता गरेका थिए ।
चिनियाँ नेता वाङको यस पटकको भेटवार्ता मूख्यतः तीन मुद्दामा केन्द्रित रहेको बताइएको छ ।
मदन भण्डारी विश्व विद्यालय, कोदारी राजमार्गको धुलिखेल–कोदारी खण्डको स्तरोन्नती, रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ ।