मध्य मुस्ताङमा ‘र्‍याफ्टिङ’

मध्य मुस्ताङमा ‘र्‍याफ्टिङ’

जोमसोम : प्रशिक्षक चन्द्र आलेसहितको टोलीले मुस्ताङमा र्‍याफ्टिङको सफल  परीक्षण गरेको छ। मध्यमुस्ताङ क्षेत्रको कालिगण्डकी नदीमा  आइतबार र सोमबार र्‍याफ्टिङको परीक्षण तथा प्राविधिक अध्ययन  भएको हो। 

परीक्षणको जिम्मा इनिसिएटिभ आउटडोर प्रालिले लिएको थियो। र्‍याफ्टिङमा उक्त कम्पनीका ७ जना गाइड खटिएका थिए। आइतबार विहान र दिउँसो गरी २ पटक र्‍याफ्टिङ प्रशिक्षण गरिएको थियो। सुरुआती चरणमा चन्द्र आले र उनका गाइडहरुले कालिगण्डकीमा र्‍याफ्टिङको प्रारम्भीक परीक्षण गरेका हुन्। 

परीक्षण टोलीले करिब २५ किलोमिटर दुरी २ घण्टा ३० मिनेटमा पुरा गरे। परीक्षणको दोश्रो र तेश्रो चरणमा स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुले र्‍याफ्टिङ गरे। 

सरकारले घोषणा गरेको आसन्न भिजिट नेपाल २०२० को प्रर्वद्धन तथा कालिगण्डकी नदीमा र्‍याफ्टिङ सम्भाव्यता पहिचान गरी नयाँ पर्यटकीय गन्तब्यको विकास गर्न वारागुङ र घरपझोङ गाउँपालिकाले र्‍याफ्टिङको संयुक्त पहल गरेका छन्।   

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र छुसाङ गेट देखि घरपझोङ गाउँपालिकाको जोमसोम पक्की पुलसम्म र्‍याफ्टिङ भएको हो। समून्द्री सतहदेखि करिब ३ हजार मिटर उचाईको हिमालीक्षेत्रमा भएको र्‍याफ्टिङले पर्यटकलाई उत्साही तुल्याउने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले दाबी गरे। उनले र्‍याफ्टिङ कुनै रहर र कहर नभई विशुद्ध पर्यटन प्रर्वद्धनका लागि भएको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.