१२ उत्कृष्ट विद्यालयलाई सरकारले दियो पुरस्कार

१२ उत्कृष्ट विद्यालयलाई सरकारले दियो पुरस्कार

काठमाडौं : सरकारले उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार, शिल्ड र ध्वजा पदक प्रदान गरेको छ। चालिसौं शिक्षा दिवश तथा ५३ औं अन्तरराष्ट्रिय साक्षरता दिवशका अवसरमा उक्त पुरस्कार दिइएको हो।

माध्यामिक शिक्षा परीक्षा (कक्षा १२) मा सामुदायिक विद्यालयतर्फ अमरसिंह मावि पोखरा (७७.८० प्रतिशत) प्रथम, सुकुना मावि इन्द्रपुर मोरङ (७६.११ प्रतिशत) द्वितीय र भवानी विद्यापीठ मावि, फलेवास पर्वत (७४.३८ प्रतिशत) तृतीय भएका छन्।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर मावि कास्की (९०.३६ प्रतिशत) प्रथम, नेपाल प्रहरी मावि साँगा काभ्रे (८७.९१ प्रतिशत) द्वितीय र सेन्टजेभियर्स कलेज, माइतीघर काठमाडौं (८७.८१ प्रतिशत) तृतीय भए।

यसैगरी माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) सामुदायिकतर्फ मेधा मावि, तेखापुखु भक्तपुर (९०.०१ प्रतिशत) प्रथम, रेसुङगा मावि तम्घास गुल्मी (८६.३४ प्रतिशत) द्वितीय र तरुण मावि बालाजु काठमाडौं तृतीय (८६.३२ प्रतिशत) तृतीय भए।

संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी कपन, काठमाडौं (९३.६९ प्रतिशत) प्रथम, नेपाल प्रहरी मावि, साँगा काभ्रे (९३.४५ प्रतिशत) द्वितीय र भ्याली न्यू इङ्लिस स्कुल, नयाँ बानेश्वर काठमाडौं (९३.४५ प्रतिशत) तृतीय भएका छन्।

मुलुकभरमा सर्वोत्कृष्ट हुने विद्यालयमध्ये प्रथमलाई तीन लाख, द्वितीयलाई दुई लाख र तृतीयलाई एक लाख रुपैयाँसहित शिल्ड प्रदान गरिएको थियो। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल र शिक्षा सचिव महेशप्रसाद दाहालको उपस्थितिमा सर्वोत्कृष्ट हुने विद्यालयका प्राध्यापकलाई नगद रकम, शिल्ड र ध्वजा पदक प्रदान गरेका थिए।

पुरस्कार ग्रहण गर्न भवानी विद्यापिठ पर्वतबाट आएका प्रधानाध्यापक अर्जुन रेग्मीले अविभावकको शुभेच्छा, शिक्षकको लगनशिलता र विद्यार्थीको मिहेनत नै सफलताको आधार भएको बताए।

‘सबैको अझै बढि साथ सहयोग भएमा आगामि दिनहरूमा अझ राम्रो नतिजा ल्याउने विश्वास छ। प्रगतिका लागि साथ, सहयोग, शुभकामना दिने सबैमा आभारी छु र खुशीयाली पनि बाँड्न चाहन्छु,’ प्राधानाध्यापक रेग्मीले अन्नपूर्णसँग भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.