आईआईएमसी कनेक्सन सम्पन्‍न

आईआईएमसी कनेक्सन सम्पन्‍न

काठमाडौं : भारतको अग्रणी सञ्चार अध्यन संस्थान ‘भारतीय जनसञ्चार अध्यन संस्थान (आईआईएमसी)' मा अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीले 'आईआईएमसी कनेक्सन २०१९' कार्यक्रम गरेका छन्।

आईआईएमसी एलुम्नाई नेपाल च्याप्टरको आयोजनमा भएको कनेक्सन २०१९ मा दिल्लीस्थित अध्ययन संस्थानका महानिर्देशक कुलदीपसिंह धद्वालियाले, दिल्लीस्थित आईआईएमसी एलुम्नाईका प्रमुख प्रसाद सन्याल सहितको टोली सहभागी थियो।

भारतीय पत्रिका 'हिन्दुस्तान टाइम्स' का राजनीतिक सम्पादक सुनित्रा चौधरी, एनडीटीभीका कार्यकारी सम्पादक महोरञ्जन भारतीसहित नेपालका वरिष्ठ पत्रकार समेत कार्यक्रममा थिए।

कार्यक्रममा नेपालका लागी भारतीय राजदूत मञ्जीवसिंह पुरीले आईआईएमसी एलुम्नाई गठन भएकोमा खुसी लागेको बताए। भारतीय जनसञ्चार संस्थानका महानिर्देशक धद्वालियाले संस्थानको तर्फबाट नेपाल च्याटरलाई सहयोग गर्ने वाचा गरे।

सन् १९६५ मा स्थापित आईआईएमसीले भारतीय विद्यार्थीका अलावा छात्रवृत्तिमा विकासशील राष्ट्रका पत्रकारलाई पनि पढाउँदै आएको छ। नेपालबाट हालसम्म ८७ जना पत्रकारले यहाँ अध्ययन गरेका छन्।

भारतमा सन २०१२ मा यो संस्थानको एलुम्नाई गठन भए पनि नेपालमा यसको औपचारिक गठन अहिले भएको हो। पत्रकार अनिल गिरी आईआईएमसी नेपाल च्याप्टरका अध्यक्ष छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.