चार दिने जर्नेल सम्मेलनमा के के भयो ?

चार दिने जर्नेल सम्मेलनमा के के भयो ?

काठमाडौं : जंगीअड्डामा आयोजित चार दिने जर्नेल सम्मेलन सोमबार सम्पन्‍न भएको छ। सेनापति पूर्णचन्द्र थापाले नेतृत्व समालेको वर्ष दिन पुगेको अवसर पारेर डाकिएको सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राजनीतिको घरेलु वस्तुस्थिति र भूराजनीतिक परिवेशबारे गम्भीर छलफल भएको छ।

'पृतनापति समन्वयात्मक बैठक' भनिने जर्नेल सम्मेलनमा प्रधानसेनापति, उपत्यकासहित पाँचै क्षेत्रमा रहेका पृतना मुख्यालयका पृतनापति (उपरथी) हरू, पीएसओजमा रहेका रथी तथा विभागीय प्रमुख उपरथीहरू, सैनिक मुख्यालयस्थित विभिन्न निर्देशानालयको नेतृत्व गर्ने सहायकरथीहरू सहभागी थिए। 

प्रधानसेनापति पूर्णचन्द्र थापाले विद्यमान परिस्थितिको मुल्याँकन गरी आउन सक्ने जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा तयारी हालतमा रहन निर्देशन दिएका थिए।

जंगीअड्डामा भदौ २० गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘पृतनापति समन्वयात्मक बैठक' को उद्घाटन गरेका थिए। समापनको क्रममा प्रधानसेनापति महारथी थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढीकरण र विकासका योजनाहरूको सफल कार्यान्वयन गर्न संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गरी अपनत्व ग्रहण गर्नुपर्ने बताएका थिए।

उनले आफ्नो दायित्व प्रति उत्तरदायी हुनको साथै नागरिक-सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन गरिएका नीतिगत निर्णय र स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै कार्य-योजना अनुसार जनहितको कार्यहरू सञ्‍चालन तथा अनुगमन गर्न सबै पृतनापतिहरूलाई पहल कदमी लिन निर्देशन दिएका थिए। 

विप्लवका सक्रियतामा चासो

जर्नेल बैठकमा युद्धकार्य महानिर्देशनालयले मुलुकको समग्र बस्तुस्थितिसहित राष्ट्रिय सुरक्षाको वर्तमान अवस्था, चुनौतीबारे विशेष प्रस्तुती गरेको थियो। त्यसैगरी हरेक प्रदेशमा रहेका पृतना मुख्यालयको नेतृत्व गर्ने उपरथीहरूले आआफ्नो कमान्डमा रहेको क्षेत्रको सुरक्षा अवस्थाबारे प्रस्तुत गरेका थिए। सिके राउतको राजनीतिक अवरणपछि तराईमा तुलानात्मक रुपमा शान्त देखिए पनि पहाडी भेगमा विप्लवका सक्रियता बढ्दै गरेको सम्बन्धमा सम्मेलनमा चिन्ता व्यक्त भएको छ।

जर्नेल बैठकलाई नीति निर्माण तथा नेतृत्वमा रहेका अधिकांश जर्नेलहरू एकै ठाउँ बसेर मुलुकको वस्तुस्थिति र सुरक्षाबारे रणनीतिक छलफल गर्ने सेनाको सबैभन्दा महत्वपूर्ण मंचको रुपमा लिने गरिएको छ। यसले सेनाको अप्रेशनल नीति तथा कार्यदिशासमेत निर्धारण गर्दछ। मुलुकको सुरक्षा अवस्थाको नियमित समीक्षा तथा विश्लेषणसँगै राजनीतिक परिस्थितिको बारेमा समेत सुक्ष्म अध्ययनमा आधारित सघन छलफल हुन्छ। जर्नेल बैठककको छलफल र निश्कर्षलाई राजनीतिक तहमा पनि अर्थपूर्ण रुपमा लिने गरिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित प्रक्रिया भएको बताए। उनले भने, ' यो नियमित कार्यक्रम नै हो। यसलाई कुनै विशेष घटनाक्रमसँग जोड्न आवश्यक छैन। 'नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तर्क्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरूले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्‍ने विश्‍वास सैनिक प्रवक्ता पाण्डेले व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.