उत्कृष्ट ५४ फोटो प्रदर्शनीमा
काठमाडौं : युनेस्को नेपाल र नेपाल सरकारसँगको सहकार्यमा फोटो पत्रकार क्लबले गरेको फोटो प्रतियोगितामा छानिएका फोटोको प्रदर्शनी सुरु भएको छ।
युनेस्कोफ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटो पत्रकार क्लबले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गरेको 'बहुभाषिक परिवेश र साक्षरता' विषयमा भएको फोटो प्रतियोगितामा छानिएका विजेतासहित उत्कृष्ट फोटो बबरमहलस्थित नेपाल कला परिषदमा प्रदर्शनीमा राखिएको छ।
देशभरबाट १८२ फोटोग्राफरले पठाएका ६३६ फोटो मध्ये निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटा छानिएका थिए। ४२ फोटोग्राफरका फोटो प्रर्दशनीमा छन्।
शैक्षिक स्थिति, विधार्थी, स्कुल र शिक्षकबीचको सम्बन्ध, नेपालको बहुभाषिक र अन्तर संस्कृति झल्काउने फोटो प्रदर्शनीमा राखिएको सञ्चारिका समूहकी अध्यक्ष एवं प्रतियोगिताका निर्णायक नितु पण्डितले बताइन्।
युनेस्को नेपालका प्रमुख क्रिस्टियन म्यानहार्टले नेपालको शैक्षिक अवस्थाबारे फोटोमार्फत जानकारी दिएको भन्दै प्रसंसा गरे।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्रदर्शनीमा रहेका फोटाले नेपालको वर्तमान शैक्षिक अवस्था झल्काएको बताए। 'प्रदर्शनीमा रहेका फोटाले औपचारिक शिक्षामा हामी कहाँ छौ भन्ने स्पष्ट पारेका छन्’, उनले भने, 'शिक्षाको गुणस्तर अभिवृद्धि र पूर्वाधार बनाउन धेरै काम गर्न प्रदर्शनीले मार्गदर्शन गर्नेछ।'
प्रदर्शनी भदौ २८ गतेसम्म जारी रहनेछ।
हेर्नुस् प्रदर्शनीका फोटोः