महासंघ अध्यक्ष आचार्यलाई पितृशोक
![महासंघ अध्यक्ष आचार्यलाई पितृशोक](https://annapurnapost.prixacdn.net/media/albums/phot-govinda_20190909160334_Fwf5bpFbn0.jpg)
काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ। आचार्यका पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा सोमबार कीर्तिपुरस्थित निवासमा निधन भएको हो। शर्मा लामो समयदेखि बिरामी थिए।
शर्माको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। स्वर्गीय शर्माप्रति श्रद्धाञ्जलिका लागि पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालगायत राजनीति दलका नेता तथा पत्रकार आर्यघाट पुगेका थिए।
स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)