विश्वकप छनोट : नेपाल आज ताइपेईसँग भिड्दै

विश्वकप छनोट : नेपाल आज ताइपेईसँग भिड्दै

काठमाडौं : सन् २०२२ को विश्वकप छनोटअन्तर्गत एसियाली देशको दोस्रो चरणको खेलमा नेपालले मंगलबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ। ताइपेईको घरेलु मैदानमा हुने यस खेलमा नेपालले जित निकाल्ने दाबी गरेको छ। समूह ‘बी’ को पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो।

पाँच दिनअघि कुवेतसँगको अप्रत्याशित हारलाई मेटाउने प्रयास गर्ने टोलीका प्रशिक्षक योहान कालिनले बताएका छन्। ताइपेईसँगको खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले रक्षापंक्तिको कमजोरीले कुवेतसँग हारे पनि ताइपेईसँग गल्ती सच्याउने वाचा गरे। ‘ताइपेईसँग हामीले पछिल्लो पटक मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरी खेलेका छौं। पुरानो नतिजाले नेपाललाई पुग्दैन। नेपालका लागि अबको जित महŒवपूर्ण रहेकोले हामी जितका लागि खेल्नेछौं,’ कालिनले भने।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि अघिल्लो खेलको गल्ती सच्याएर राम्रो प्रदर्शन गर्ने बताए। पहिलो खेलमा जोर्डनसँग २–१ गोलले पराजित भएको ताइपेईले पनि घरेलु मैदानमा नेपाललाई हराउने दाबी गरेको छ। फिफा वरीयतामा चाइनिज ताइपेई नेपालको तुलनामा धेरै माथि छ। ताइपेई एक सय २५औं स्थानमा छ। नेपाल एक सय ६६औं स्थानमा छ। यी दुई टोलीबीच यसै वर्षको जुनमा पहिलो पटक मैत्रीपूर्ण खेल भएको थियो।

एसियाली देशको दोस्रो चरणको विश्वकप छनेटमा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपाल र कुवेतसँगै बलियो टोली अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन्। होम एन्ड अवेका आधारमा खेलाइने दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ। नेपालले कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा खेल्नेछ। अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ। नेपालले चाइनिज ताइपेईसँग अर्को खेल सन् २०२० मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा दोस्रो खेल खेल्नेछ। समूहगत चरणको अन्तिम खेल नेपालले अस्ट्रेलियासँग अक्टोबर १० तारिख उसैको मैदानमा र सन् २०२० को मार्च ३१ मा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ।

एसियाली फुटबल महासंघ (एएफसी)ले दोस्रो चरणको छनोटमा सहभागी एसियाका ४० वटा देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहबाट पाँचवटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणका लागि छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.