यूएस ओपन टेनिस : नाडालले जिते १९औं ग्रान्डस्लाम

यूएस ओपन टेनिस : नाडालले जिते १९औं ग्रान्डस्लाम

न्युयोर्क : ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘यूएस ओपन’ को पुरुष एकलतर्फको उपाधि स्पेनिस खेलाडी राफेल नाडालले जितेका छन् । दोस्रो वरीयताका नाडालले सोमबार खेलिएको फाइनलमा रुसी खेलाडी ड्यानिल मेदभेदेभलाई हराउँदै उपाधि चुमेका हुन् । पाँच सेटसम्म चलेको फाइनलमा ३३ वर्षीय नाडालले पाँचौं वरीयतामा आसीन मेदभेदेभलाई हराउन ठूलै संघर्ष गर्नु प¥यो ।

पहिलो र दोस्रो सेटको नतिजालाई नाडालले क्रमशः ७-५ र ६-३ अंकले आफ्नो पक्षमा पारेका थिए । त्यसपछि लयमा फर्किएका २३ वर्षीय मेदभेदेभ तेस्रो र चौथो सेटको नतिजालाई क्रमशः ७-५ र ६-४ ले आफ्नो पक्षमा पारेका थिए । प्रतिस्पर्धात्मक खेलको फाइनल सेट पनि निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

तर, अन्तिम समेटको खेलमा अनुभवी खेलाडी नाडालका अगाडि मेदभेदेभको केही लागेन । पाँचौं सेटको नतिजालाई ६-४ ले आफ्नो पक्षमा पार्दै नाडालले उपाधि चुमे । नाडालले जितेको यो १९औं ग्रान्डस्लाम उपाधि हो । उनले हालसम्म १२ पटक फ्रेन्च ओपन, चार पटक यूएस ओपन, दुई पटक विम्बल्डन र एक पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

नाडालले यसअघि सन् २०१७ मा यूएस ओपनको उपाधि चुमेका थिए । उनले यसै वर्ष अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको उपाधि पनि जितेका थिए । मेदभेदेभ भने पहिलो पटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेका हुन् । यसअघि उनी ग्रान्डस्लाम प्रतियोगितामा चौथो चरणभन्दा अगाडि बढ्न सकेका थिएनन् । उनी यसै वर्ष अस्ट्रेलियन ओपनको चौथो चरणमा पुगेका थिए ।

मेदभेदेभ फ्रेन्च ओपनमा पहिलो चरण र विम्बल्डनमा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेका छैनन् । फाइनलमा नाडालले मेदभेदेभलाई हराउन चार घण्टा ५० मिनेट समय खर्चिएका थिए । नाडाल अब ग्रान्डस्लाम प्रतियोगितामा चर्चित स्विस खेलाडी रोजर फेडेररभन्दा केवल एक उपाधि पछाडि छन् । ३८ वर्षीय नाडालले २० वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् ।

‘यो मेरो खेल जीवनको सबैभन्दा महŒवपूर्ण क्षण हो’, खेलपछि नाडालले भने, ‘फाइनल खेल मैले सोचेभन्दा निकै प्रतिस्पर्धात्मक भयो । पक्कै पनि भेदभेदेभ क्षमतावान् खेलाडी हुन् । अन्तिम समयसम्म उनले मलाई निकै कडा चुनौती दिए ।’ मेदभेदेभले पनि नाडालको प्रशंसा गरे । उनले खेल नाडाललाई १९औं उपाधिका लागि बधाई दिए । ‘म केवल नाडाललाई बधाई दिन चाहन्छु । एउटै खेलाडीले १९ वटा ग्रान्डस्लाम उपाधि जित्नु चानचुने उपलब्धि होइन’, उनले भने ।

यसपटक महिला एकलतर्फको फाइनलमा भने अप्रत्याशित नतिजा आएको थियो । फाइनलमा उत्कृष्ट खेल पस्कँदै १९ वर्षीया क्यानेडियन खेलाडी बियान्का एन्ड्रेस्कुले उपाधि चुमेकी थिइन् । उनले फाइनलमा आफूभन्दा करिब दोब्बर उमेरकी अनुभवी अमेरिकी खेलाडी सेरेना विलियम्सलाई ६-३, ७-५ अंकले हराउँदै उपाधि हात पारेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.