यू-१९ एसिया कप : जितकासाथ फर्कने नेपालको लक्ष्य
![यू-१९ एसिया कप : जितकासाथ फर्कने नेपालको लक्ष्य](https://annapurnapost.prixacdn.net/media/albums/nepal-u-19-cricket_20190910025607_pisI4JTrT6.jpg)
कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तगर्त समूह चरणको अन्तिम खेलमा नेपाल मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दै छ ।
सेमिफाइनलको सम्भावना समाप्त भइसकेको नेपाल सान्त्वना जितका लागि खेल्दैछ। नेपाली यू–१९ टोली पहिलो खेलमा श्रीलंकासँग छ विकेट र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । टेस्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका र बंगलादेशलाई कडा टक्कर दिएको युवा टोलीले जित हात पार्न भने सकेन् । दुई हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
चीर परिचित प्रतिद्वन्द्वी यूएईसँग जित निकाली नेपाल सुदख् अन्त्य गर्न चहान्छ। दुई खेलमा पराजित भएको यूएई पनि प्रतियोगिताबाट बाहिरि सकेको छ।
गत अप्रिलमा मलेसियामा भएको यू–१९ विश्वकप छनोटमा नेपाल डीएल नियमका आधारमा यूएईसँग पराजित भइ विश्वकपप पुग्नबाट बञ्चित भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)