'वार्ता स्थगितबाट अमेरिकालाई हानि'

'वार्ता स्थगितबाट अमेरिकालाई हानि'

काबुल : अफगानिस्तानमा सशस्त्र विद्रोह गर्दै आएको तालिबानले अफगान शान्ति वार्ता स्थगितबाट अमेरिकीलाई नोक्सान हुने बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार अफगान शान्ति वार्ता भंग भएको घोषणा गरेपछि तालिबानको यस्तो भनाइ आएको हो।

तालिबानले सोमवार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। वार्ताका लागि सबै सहमति भइसकेका बेला अन्तिम अवस्थामा आएर अमेरिकाले गल्ती गरेको पनि तालिबानले दाबी गरेको छ। अन्तिम समय एक्कासि वार्ता रद्द हुनुले विभिन्न आशंका जन्माएको पनि तालिबान विद्रोहीको दाबी छ। अमेरिकी राष्ट्रपतिले आइतवार क्याम्प डेभिडमा तालिबानका वरिष्ठ नेताहरू र अफगानी राष्ट्रपति अशरफ घानीसँग भेटवार्ताको तयारी गरिएको थियो। वार्ताको २४ घण्टाअघि मात्रै ट्रम्पले ट्विट गरी वार्ता स्थगित गरेको घोषणा गरेका थिए। ट्रम्पले तालिबान र राष्ट्रपति घानीसँग बेग्लाबेग्लै वार्ता गर्ने बताइएको थियो। तालिबानले अफगान सरकार अमेरिकी कठपुतली भएको आरोप लगाउँदै सीधै अमेरिकासँग वार्ता गर्ने हठ गर्दै आएको छ।

अफगानिस्तान सरकारले भने तालिबान–अमेरिकी वार्ता भंग भएकोमा स्वागत गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने अमेरिका र तालिबानसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गरेका छन्। अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानी आक्रमणमा एक अमेरिकी सैनिक मारिएकाले हालका लागि वार्ता स्थगित भएको बताए। उनले भने, ‘मलाई विश्वास छ, चाँडै वार्ता पुनः शुरु हुनेछ।’ उनले वार्ताका क्रममा तालिबानले देखाएको लचकता व्यवहारमा नदेखिएको गुनासो पनि गरे। गत साता काबुलमा तालिबानले गरेको आक्रमणमा एक अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएको थियो। आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भीषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्योलग्रस्त भएको छ। हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए। झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.