स्वदेश फर्किनुअघि राजनीतिक भेटघाटमा चिनियाँ विदेशमन्त्री
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुअघि राजनीतिक भेटघाटमा छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, समकक्षी प्रदीप ज्ञवालीसहितलाई भेटेका उनले मंगलबार बिहानैदेखि राजनीतिक भेटघाट थालेका छन्।
प्रचण्डसँगको भेटमा वाङ यी। फोटोः दिपेन/अन्नपूर्ण
बिहानै भक्तपुर घुमेर फर्केका उनले अहिले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। यसलगत्तै प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। नक्सालस्थित मेरिअट होटलमा उनले राजनीतिक नेतृत्वलाई भेटिरहेका हुन्।
राजनीतिक भेटघाट सकेर नारायणहिटी दरबार संग्राहलय पुग्ने र त्यसपछि स्वदेश फर्कने उनको तालिका रहेको छ।