चीनबाट अब गुणात्मक सहयोग आउँछ : प्रचण्ड

चीनबाट अब गुणात्मक सहयोग आउँछ : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँगको सम्बन्धमा गुणात्मक फड्को मारेको दाबी गरेका छन्। मंगलबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटपछि प्रचण्डले वाङको जारी भ्रमणबाट आफू निकै उत्साही बनेको बताए।

काठमाडौंको नक्सालस्थित मेरिअट होटलमा भएको प्रचण्ड-वाङ भेट करिब ३५ मिनेट चलेको थियो। पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई भेटेपछि वाङले अर्का पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। स्वदेश फर्किनुअघि वाङ राजनीतिक भेटघाटमा सक्रिय भएका थिए। 

'अब चीनाट गुणात्मक सहयोग आउँछ, संख्यात्मकमात्र होइन', भेटपछि पत्रकारसँग प्रचण्डले भने होइन, 'द्वीपक्षीय विषयमा गम्भीर कुराकानी भयो। म उत्साही छु। दुई देशको सम्बन्ध थप उचाइमा जाने देखेको छु।' प्रचण्डले वाङको भ्रमण निकै सकारात्मक बनेको पनि बताए।

सभापति देउवाले भने पत्रकारलाई प्रतिक्रिया दिएनन्। बिहानै भक्तपुर घुमेर फर्केका वाङ राजनीतिक भेटघाट सकेर आजै स्वदेश फरर्किनेछन्। त्यसअघि नारायणहिटी दरबार संग्राहलय भ्रमण गर्ने उनको तालिका छ।

आइतबार नेपाल आएका चिनियाँ विदेशमन्त्रीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। त्यसअघि उनले समकक्षी प्रदीप ज्ञवालीसँग भेट गरेका थिए। चिनियाँ टोली र नेपाली पक्षबीच वन बेल्ट वन रोडसहित विभिन्न द्वीपक्षीय मुद्दामा वार्ता भएको थियो।

बीआरआईले नेपाल उत्साहित

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ।

चीनले यसअघि नेपाली पक्षले बीआरआईमा समेटिने परियोजनाको स्पष्ट खाका नदिएको गुनासो गर्दै आएको थियो। नेपाली पक्षको भने परियोजनामा चिनियाँ पक्षबाट बेवास्ता भइरहेको गुनासो छ। विदेशमन्त्री वाङले नेपालबाट छनोट भएका परियोजनामा प्रस्ताव अघि बढाउन आग्रह गरेको बताइएको छ। यसअघि नेपालले लैजाने परियोजनामा चीनले कुनै न कुनै रुपमा अड्को थापेको नेपाली अधिकारीहरू बताउँछन्।

बीआरआई सम्झौता भएको दुई वर्ष चार महिना भइसक्दा पनि परियोजना अघि बढ्न सकेको छैन। यसको म्याद आगामी वैशाखसम्म छ। तीनवर्षे परियोजना सम्झौता २०७४ वैशाख २९ मा भएको थियो। त्यसअन्तर्गत विभिन्न नौ परियोजना चयन भएका थिए।

वन टु वन वार्ता

विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँगको छुट्टाछुट्टै शिष्टाचार भेटमा बीआरआई परियोजनामा चीन सकारात्मक रहेको बताएका हुन्। ‘नेपाल चीनको सदाबहार मित्र हो। हामी सधैँ सहकार्य गरेर अघि बढ्नुपर्छ। लामो समयदेखिको चिनियाँ उच्चस्तरको भ्रमणको दुरी पनि अब पूरा हुनेछ,’ विदेशमन्त्री वाङलाई उधृत गर्दै एक अधिकारीले भने, ‘चीन छिमेकलाई साथ लिएर विकास गर्न चाहन्छ। हामी एउटै क्षेत्र र उही परिवेशमा छौं। विकासमा सहकार्य अपरिहार्य हुन्छ।’

राष्ट्रपति भण्डारीले आफूले बेइजिङ भ्रमणका क्रममा भएको सहमतिको विषय उठाएकी थिइन्। यस्तै प्रधानमन्त्री ओलीले दुई यसअघि भएको सहमति कार्यान्वयनमा जोड दिएका थिए।‘भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भयो। प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध थप उचाइमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने, ‘प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै सम्बन्ध थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ।’

प्रधानमन्त्री ओलीले विगतका सहमतिअनुसार अघि बढ्ने धारणा राखेका थिए। ‘दुईपक्षीय सम्बन्धका विभिन्न पक्ष छन्। शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा सहयोग विस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेर्दै अगाडि बढाउने विषयमा नेपाल खुसी छ,’ ओलीलाई उधृत गर्दै डा. भट्टराईले भने। प्रधानमन्त्री ओलीले विदेशमन्त्री वाङलाई नेपाल एक चीन नीतिका पक्षमा रहेको स्पष्ट पारेका थिए।

परराष्ट्र सचिव शंकरदास बैरागीले विगतमा भएका सम्झौता अघि बढाउने र सहकार्य गर्दै पर्यटन, लगानी र द्विपक्षीय व्यापार विस्तारमा काम अघि बढ्ने विषयमा छलफल भएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.