नेकपाको शपथमा झडप र तोडफोड, नेताको टाउको फुट्यो (फोटो/भिडियो)

नेकपाको शपथमा झडप र तोडफोड, नेताको टाउको फुट्यो (फोटो/भिडियो)

बर्दिबास : महोत्तरीमा बोलवला नेताहरुले नेकपालाई प्राइभेट कम्पनी बनाउन खोजेको भन्दै असन्तुष्ट पक्षधरले झडप र तोडफोड गरेका छन्। झडपमा नेकपा प्रदेश–२का सदस्य देवनाथ यादवको टाउँको फुटेको छ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि  गठन भएको रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीको जिल्ला कमिटीलाई शपथग्रहण कार्यक्रममा मंगलबार विहान झडप र तोडफोड भएकोे हो। 

भिडियाे :

सपथग्रहण सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र पार्टी सचिव विष्णु पौडेल आउने कार्यतालिका थियो। उक्च विवादका कारण अध्यक्ष प्रचण्ड र सचिव पौडेलले उपस्थिति रद्दसमेत भयो। 

प्रदेश कमिटी अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले सप्तरी र सिरहा जिल्ला कमिटीको शपथग्रहण गराउन उक्त कार्यक्रम आयोजना गरेका थिए। तर, कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्षले नारावाजी गर्दै तोडफोडमा उत्रिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.