'काठमाडौं केन्द्रित मानसिकताले संघीयता कार्यान्वयनमा सकस'

'काठमाडौं केन्द्रित मानसिकताले संघीयता कार्यान्वयनमा सकस'

काठमाडौं : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंमा केन्द्रित अभ्यास छिचोल्न संघीयता कार्यान्वयनका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। 

‘राजनीतिक र प्रशासनिक हिासबले मात्र होइन आर्थिक र समाजिक रुपमै केन्द्रीकृत मानसिकता छ’ मंगलबार राजधानीका सम्पादकसितको छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘पानी तलैतिर बग्छ भनेजस्तै शक्ति काठमाडौंमै रहेछ।’

पोखरेलले ‘केही गर्छु भन्नेलाई काठमाडौंमा जानुपर्छ’ भन्ने मानसिकताले जरा गाडेर बसेकाले संघीयता कार्यान्वयनमा सकस रहेको बताए। 

उनले संघीयता लागू भएपछि अधिकार तल गयो भन्ने बुझाइ रहे पनि नगएको बताए। समाजशास्त्रीय मान्यतामा संघीयता र अधिकार विकेन्द्रित हुने भए पनि अर्थशास्त्रीको मान्यता केन्द्रीकृत नै रहेको उनको तर्क थियो। ‘यस्तो मानसिकता बदल्न सामान्य प्रयासले हुँदैन,’ उनले भने। 

उनले संघीयताले नागरिकको खर्च बढाएको बुझाई उचित नभएको पनि उल्लेख गरे। केही प्रशासनिक खर्च बढे पनि सँगै सेवा प्रवाह क्षमता पनि बढेको उनको दाबी छ।

 ‘सामान्य सरकारी सेवा प्राप्त गर्न पनि काठमाडौं र जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई संघीयताले हटाइदिएको छ,’ पोखरेलले भने, ‘प्रशासनिक सेवा प्राप्त गर्ने कुरामा जनताको खर्च घटेको छ, तर आर्थिक दृष्टिकोणबाट हेर्दा आंशिक रुपले खर्च बढेको हो।’

प्रदेश ५ ले गत आर्थिक वर्षमा ७.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको उल्लेख गर्दै पोखरेलले प्रदेश सरकार स्थापना भएपछि विकास निर्माण र जनताका अभिलाषा सम्बोधन गर्न आवश्यक पर्ने कानुन निर्माण तयार गरी आधार तय गरिएको बताए।

‘आर्थिक क्षेत्रलाई प्रत्यक्ष, परोक्ष रुपले प्रभाव पार्ने कुराहरु के के हुन् भनी हामीले निक्र्यौल गरिसकेका छौं,’ उनले भने, ‘कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता किटान गरी त्यसअनुसारको काम अघि बढाइएको छ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.