राजमार्गमा फोहोर थुपारेर विरोध
बनेपा : बनेपामा नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा समय–समयमा फोहोरको विषयले चर्चा पाइरहने गरेको छ। बनेपाको मुख्य चुनौती बनेको फोहोर व्यवस्थापन जनप्रतिनिधि आएपछि समाधान हुने आशा गरिएको थियो तर फाहोरको समस्या अझै समाधान हुन सकेको छैन
दुई सातादेखि फोहोर लिन नगरपालिकाको ट्रक नआएपछि बनेपा–८ का स्थानीय मंगलबार विरोध प्रदर्शनका लागि फोहोर बोकेर सडकमा पुगेका थियो । नगरपालिकाले फोहोरको नाममा मासिक रकम उठाएको तर फोहोर पनि लिन ट्रक नआएपछि राजमार्गमा फोहोर फालेर विरोध जनाएको स्थानीयको भनाइ छ।
फोहोर फालेपछि मंगलबार अरनिको राजमार्ग केही घण्टा अवरुद्ध भयो । सवारी चापसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । स्थानीयले राजमार्गमा फालेको फोहोर नगरपालिकाले ३ घण्टा छि उठाएपछि स्थिति सामान्य बन्यो।
केहि महिनादेखि नगरपालिकाको फोहोर डम्पिङ गर्ने आईटीपार्कमा धुलिखेल नगरपालिका र पनौती नगरपालिकाले फोहोर डम्पिङ गर्न नदिएपछि समस्या उत्पन्न भएको हो। तीन नगरपालिकाको सिमानामा पर्ने आईटीपार्कमा फोहोर फाल्न नपाएपछि बनेपा नगरपालिकाको फोहोर नुवाकोट सिसडोलसम्म पु¥याएर फाल्ने गरेको थियो ।