प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पतालमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान, महाराजगन्ज पुगेका छन्। सिंगापुरमा उपचार गरी गतसाता फर्किएका ओली नियमित फलोअपका लागि शिक्षण अस्पतालिस्थत मनमोहन कार्डियो पुगेका हुन् ।
ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।
सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।