संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकको चहलपहल शुरु

संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकको चहलपहल शुरु

अमेरिका : महाशक्ति राष्ट्र अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको चहलपहल शुरु भएको छ । संयुक्त राष्ट्रसंघको छाताभित्र रहेका मुलुकका राष्ट्र प्रमुख सहभागी हुने महासभा बैठकलाई विश्वभर चासो पूर्वक हेरिन्छ । न्यूयोर्कमा हरेक वर्ष विभिन्न विषयमा हुने छलफल र राष्ट्रप्रमुख सहभागी बैठकले गर्ने निणर्यलाई महत्वपूर्ण मानिन्छ । 

यस प्रकारको बैठकमा सम्भव भएसम्म राष्ट्रप्रमुख, राष्ट्रप्रमुख सम्भव नभए उपप्रमुख, त्यो पनि सम्भव नभए परराष्ट्र मन्त्री, या अन्य विभागीय मन्त्री र त्यो पनि सम्भव नभए परराष्ट्र विज्ञ सचिवसरहका विशिष्ट व्यक्ति सहभागी हुने प्रचलन रहिआएको छ । 

अहिले न्यूयोर्कस्थित मुख्यालयले सहभागी राष्ट्रहरुको नाम, राष्ट्रप्रमुखलाई आमन्त्रण पठाउने, पत्रकारलगायत, विभिन्न संघ संस्थाका विशिष्ट व्यक्तिलाई अनुमति तथा निमन्त्रणा पत्र दिने लगायतका काम टुङग्याएको छ । 

हरेक वर्ष सेप्टेम्बर महिनामा आयोजना हुने यस प्रकारको कुम्भ मेलाका बारेमा मुख्यालयले कार्यतालिका समेत सार्वजनिक गरेको छ । यसो त अमेरिकामा यसरी हुने राष्ट्रिय स्तरका छलफल, बैठक तथा चुनाव पूर्वनिर्धारित तालिका अनुसारनै हुने गरेका छन् । 

कार्यतालिकाअनुसार सेप्टेम्बर महिनाको १७ तारिख संयुक्त राष्ट्र संघको ७४ औं महासभा बैठकको औपचारिक समुदघाटन हुनेछ ।  कार्यतालिकाअनुसार २४ र २५ तारिखमा दीगो विकासका लागि उच्चस्तरीय राजनीतिक बैठक तथा छलफल हुनेछ । यस छलफलमा नेपालले समेत सहभागिता जनाउने छ । यस पटकको बैठकमा नेपालबाट प्रधानमन्त्री सहभागी नहुने र परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने जानकारी प्राप्त भएको छ । 

यस्तै २१ तारिख यूथक्लाइमेट समिट, २३ तारिख क्लाइमेट एक्सन समिट र विश्वव्यापी स्वास्थ्य विषयक उच्चस्तरीय बैठक हुनेछ ।  २४ तारिखका दिनदेखि विभिन्न राष्ट्रका लागि छलफलमा सहभागी हुने फ्लोर ओपन गरिनेछ । यस्तै २५ तारिख बालबालिकाको अधिकार राइट्स अफ चाइल्ड विषयक उच्चस्तरीय छलफल हुनेछ ।
 
२६ तारिखका दिन विकासका लागि लगानी विषयक उच्चस्तरीय वार्ता हुनेछ । भने २७ तारिखका दिन उच्चस्तरिय बैठक हुनेछ जहाँ पूनरावलोकन, प्रगति, विकासका चरण, भएका उपलब्धी विषयमा छलफल हुने कार्यतालिका सार्वजनिक गरेको छ । 

यस प्रकारको बैठकमा विभिन्न देशका राष्ट्र प्रमुखलाई अमेरिकी राष्ट्रपतिले रात्रि भोज दिने प्रचलन छ । राष्ट्रपतिले राष्ट्र प्रमुखलाई रात्रि भोजमा खानासहित विकासका लागि सहकार्य गर्न सुझाव दिने र लिने गरेको पनि पाइन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.