आँखाको लागि के खाँदा राम्रो ?
गाजर
आँखाको लागि भिटामिन ए सबैभन्दा महŒवपूर्ण हुन्छ। सबैभन्दा धेरै भिटामिन ए को आवश्यकता रेटिनालाई पर्छ। यसको कमीले रतन्धो हुन सक्छ। भिटामिन ए गाजरमा धेरै हुन्छ। दिनदिनै गाजरको जुस पिउनाले चस्मा लगाउने झन्झटबाट टाढा रहन सकिन्छ।
सक्खरखण्ड
सक्खरखण्डमा बिटा क्यारोटिन हुन्छ। सक्खरखण्डको प्रयोग उमालेर, तेलमा फ्राई गरेर, चिनी र दूधमा मिसाएर गर्न सकिन्छ। यसमा भएको फाइबर र भिटामिनले आँखाको रक्षा गर्छ।
अमला
अमला आँखाको लागि वरदान हो। यसमा भिटामिन सी, क्याल्सियम, फस्पोरस, आइरन, क्यारोटिन र भिटामिन बी कम्प्लेक्स तत्त्व पाइन्छ। यसको प्रयोग आँखाको लागि धेरै राम्रो मानिन्छ।
मकै
मकैमा पाइने क्यारोटिन भिटामिन ए को राम्रो स्रोत हो। यसमा आँखालाई स्वस्थ राख्ने ग्लुटिन पर्याप्त मात्रामा पाइन्छ।
ब्रोकाउली
ब्रोकाउलीमा प्रोटिन, क्याल्सियम, कार्बाेहाइडेट, आइरन, भिटामिन ए पाइन्छ। यो भिटामिन ए को राम्रो स्रोत भएकोले आँखाको लागि राम्रो मानिन्छ।
सोफ
सोफमा पोषण तत्त्व र एन्टिअक्सिडेन्ट हुन्छ। यसले आँखालाई स्वस्थ राख्छ।
पालुंगो
पालुंगोमा मिनरल, भिटामिन, भिटामिन ए, सी, ई, के, बी कम्लेक्स, आइरन, आयोडिन, क्याल्सियम, म्याग्नेसियम, सोडियम र फस्पोरस पाइन्छ। यो आँखाको लागि भेरै फाइदाजनक हुन्छ।
सुन्तला
सुन्तलामा भिटामिन सी पाइन्छ। यो आँखाको लागि राम्रो मानिन्छ।