विप्लवका पाँचथर सेक्रेटरी पक्राउ
फिदिम : नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्को नेपाल कम्युनिस्ट पार्टीका पाँचथर सेक्रेटरी विजय नेम्वाङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरको विशेष अप्रेशन टोलीले मंगलबार फिदिम नगरपालिका १४ लुङरुपाबाट नेम्वाङलाई पक्राउ गरेको हो।
पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार जिल्लामा रहेर नेम्वाङले चन्दा आतंक मच्चाएका थिए। विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको न्यौपानेको भनाइ छ। पक्राउ परेका नेम्वाङलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।