नेकपा सचिवालय बैठक बालुवाटारमा

नेकपा सचिवालय बैठक बालुवाटारमा

काठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालयको बैठक बालुवाटारमा सुरु भएको छ। यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरमा रहदा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भदौ ९ गते सचिवालय बैठक बसेको थियो।  त्यसपछि सचिवालय बैठक बस्न सकेको छैन। 

भदौं ५ मा ओलीसहितको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपाल र ओलबीचमा चर्काचर्की भएपछि यी दुई नेताबीच छलफल नहुँदै सचिवालय बैठक बसेको हो। 

बैठकमा सचिवालय सदस्य तथा प्रस्तावित पार्टी उपाध्यक्ष वामदेव गौतम भने सहभागी छैनन्। उनी ज्वरो आएर बिरामी परेका कारण आराम गरिरहेका छन्। बैठकमा अन्य आठ नेता सहभागी छन्। 

नेकपाले पार्टी केन्द्रीय आयोग, महानगर कमिटीदेखि प्रवास कमिटीको संगठनात्मक एकताको काम टुंगो लगाउन बाँकी छ। आजको बैठकमा त्यस विषयमा पनि छलफल हुने नेताको भनाइ छ। 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.