देउवाको आरोप : ओली ज्ञानेन्द्रजस्तै तानाशाह भए

देउवाको आरोप : ओली ज्ञानेन्द्रजस्तै तानाशाह भए

धरान : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै तानाशाही भएको आरोप लगाएका छन्। बुधवार कांग्रेस धरानको नगरसभालाई सम्बोधन गर्दै देउवाले ओली नेतृत्वको सरकार तत्काल नसच्चिए ज्ञानेन्द्रको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन्। 

सभापति देउवाले देश संघीयतामा गइसकेको अवस्थामा जनताका सम्पूर्ण हक अधिकार खोसेर ओलीले कम्युनिष्ट शासनका नाममा तानाशाह ल्याएको आरोप लगाए। संविधानले नै सिंहदरवारका सबै अधिकार प्रत्येक स्थानीय तहलाई दिएको भए पनि ओली सरकारले जनताका अधिकारहरु सिंहदरवारमा मात्र केन्द्रित गरेको उनको आरोप थियो। देउवाले दुईतिहाइ बहुमतको दम्भका कारण ओली सरकारको मनोमानी बढेको भन्दै ओली सरकारलाई ठेगान लगाउन कांग्रेसले देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। 

उनले सरकारले न्यापालिका र मानव अधिकार आयोग जस्तो पवित्र संवैधानिक निकायमा हस्तक्षेप गरेर कानुनको ठाडो उलंघन गरेको बताए। 'हिजो पूर्व राजा ज्ञानेन्द्रले तानाशाह देखाउँदा कस्तो हालत भयो? अब ओली र कम्निष्टहरुको हालत पनि त्यस्तै हुनेछ', देउवाले भने। 

देउवाले ओली प्रधानमन्त्री बनेदेखि नै देश हत्या, हिंसा, बलत्कार र भष्ट्रचारका घटनामा वृद्धि भएको भन्दै सरकार विरुद्ध आन्दोलनको अर्को विकल्प नभएको बताएका छन्। उनले ओली सरकारको तानाशाह विरुद्धको आन्दोलनमा उत्रनका लागि कार्यकर्तालाई तयारी हुनसमेत निर्देशन दिएका छन्। देउवाले धरानमा हुन लागेको मंसिर १४ गतेको मेयरको उपनिर्वाचनमा कांग्रेस उमेद्वारलाई मत दिएर विजयी गराउनसमेत धरानवासीसमक्ष आग्रह गरेका छन्। कांग्रेसले जितेमात्र धरानको विकास हुने देउवाको भनाइ थियो। 

कार्यक्रममा सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमनत्री ओलीको उखान टुक्काले मात्र देशमा समृद्धि नआउने बताए। उनले ओली प्रधान्मनत्री भएयता संघसथागत भ्रष्टार बढेको बताए। महतले ओलीकै पालामा वाइडबडी जहाज र मेलम्ची आयोजनामा करौडौ भ्रष्टचार भएकाले यसको सत्य तथ्य छानविन गर्न माग गरेका छन्। 

कार्यक्रममा कांग्रेस उपसभापति विजय गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की र मिन विश्वकर्माले समेत ओली सरकारको गलत क्रियाकलापका कारण देशको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताएका छन्। उनीहरुले दशेको अवस्था खतरनाक मोडमा पुगेको भन्दै ओली सरकारको अधिनायकबाद परास्त गर्न आन्दोलनको विकल्प नभएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.