बाल साहित्यमा भाषा मानकीकरण बहस सुरु

बाल साहित्यमा भाषा मानकीकरण बहस सुरु

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले बालसाहित्य लेखनमा भाषा कस्तो प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा बहस गरेको छ।

प्रतिष्ठान स्थापना भएको ६२ वर्षपछि पहिलोपटक बाल साहित्यको क्षेत्र समेटेर बाल साहित्यमा भाषा मानकीकरणका लागि विभागले बहस सुरु गरेको हो। गंगाप्रसाद उप्रेतीले अबका दिनमा बालसाहित्यलाई प्राथमिकतामा राखेरै योजना बनाएको बताए।

प्रतिष्ठानका पूर्वउपकूलपति प्रा.डा. वासुदेव त्रिपाठीले प्रतिष्ठानले बाल साहित्यको क्षेत्रमा विगतमा पर्याप्त काम गर्नुपर्ने भए पनि नसकेको बताए। बालबालिका मुलुकका कर्णधार भएकाले बाल साहित्य लेखन संवेदनशील हुने र अब लेखकहरू पनि संवेदनशील हुनुपर्ने बेला आएको विभागका प्रमुख डा. देवी नेपालले बताए।

प्राध्यापक डा. ऋषिराम शर्माले बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

बाल साहित्य, साहित्यइतर विधा र तिनका प्रकार, बाल साहित्यका लागि अपेक्षित भाषा, मातृभाषा वा पहिलो भाषाका माद्यामबाट बाल साहित्य लेखनलाई प्रोत्साहन वा नीतिगत व्यवस्था, बाल साहित्यका भाषामा तहगत चयन, बाल साहित्यका अपेक्षित विषय र जीवन जगत् सम्बन्धित विषय र लोकतन्त्र, समानता र बाल अधिकारसम्बन्धी विषयका विविध पक्षमा छलफल भएको छ।

कार्यक्रममा कार्यक्रममा प्रज्ञा प्रतिष्ठानबाट पहिलोपटक प्रकाशित बालप्रज्ञा सार्वजनिक गरिएको थियो। यसैगरी, १ सय १ सर्जकका १ सय १ बाल कथा समेटेर ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक भएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.