उच्च रक्तश्रावले अस्पतालमै सुत्केरीको मृत्यु
बाजुरा : जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ। रक्तश्रव नरोकिएपछि बुढीनन्दा नगरपालिका-१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए।
पहिलो बच्चा दुई वर्षअघि अपरेशन गरेर जन्माएकी बोहोराको दोस्रो बच्चा जन्मने बेथा लागेपछि अस्पताल पुगेकी थिइन्। भ्याकुममार्फत सुत्केरी गराएपछि शिशुको मुटुले काम गर्न छोडेकाले शिशुलाई समेत बचाउन नसकेको उपचारमा संलग्न डा. टिकाराम राईले बताए।
जिल्ला अस्पताल बाजुरामा १८ दिन अघि भदौ ७ गते बडीमालिका नगरपालिका–७ जिल्लीकी बसन्ती नेपालीको मृत्यु भएको थियो। १५ दुई सुत्केरी महिलाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस !
१